म किन प्रमाणिकरण कोड भएको पाठ सन्देश प्राप्त गर्न सक्दिन?
यदि तपाईंको कुनै रिकभरी फोन छैन भने, पहिले अपडेट गर्नुहोस्। यदि तपाईंलाई आफ्नो रिकभरी फोन स्विच गर्न समस्या छ भने सहायताका लागि "Restore security info" मा जानुहोस्।
तपाईंको SMS इनबक्स पुरा भएको छ वा डिभाइसको आन्तरिक भण्डारण कम हुनसक्छ। यस्तो अवस्थामा केही ठाउँ खाली गर्नुहोस्।
तपाईंको मोबाइल डिभाइस नेटवर्क कभरेज भन्दा बाहिर हुन सक्छ। त्यहाँ पाठ सन्देश प्राप्त गर्न पर्याप्त सिग्नल भएको निश्चित गर्नुहोस्।
पाठ सन्देश आएको बेला तपाईंको फोन बन्द भएको हुन सक्छ।
तपाईंले आफ्नो देशको अघाडि सही कोड हाल्नुभएको छ कि छैन एकपटक जाँच गर्नुपर्ने हुनसक्छ। उदाहरणका लागि भारतीय फोन नम्बर [+91] संग सुरु हुनुपर्छ।
तपाईंको फोनमा ब्यालेन्स कम हुनलक्छ। एसएमएस सेवा सक्रिय गर्न यसमा टपअप हाल्नुहोस्।
तपाईंले यदि धेरै लामो समयसम्म आफ्नो डिभाइस रिबुट गर्नुभएको छैन भने तपाईं यसलाई रिबुट गर्नुहोस्।
डुअल सिम डिभाइसहरूमा सिम कार्डहरू राम्रोसँग इन्स्टल गर्नुपर्छ। सिम कार्डको ठाउँहरू बदल्नुहोस् र फेरि प्रयास गर्नुहोस्।
प्रमाणिकरण कोड भएको सन्देश स्पामको रूपमा हेर्न सकिन्छ।
तपाईंले एक दिनको लागि धेरै पटक प्रमाणीकरण कोडहरूका लागि अनुरोध गर्नुभएको हुनसक्छ। तपाईंले चीन मुख्यभूमिमा 24 घण्टा भित्रमा 5 पटक र अन्य ठाउंँहरूमा 3 पटक प्रमाणिकरण कोड प्राप्त गर्न सक्नुहुनेछ।
यदि तपाईंले WhatsApp मार्फत आफ्नो भेरिफिकेसन कोड प्राप्त गर्न छनौट गर्नुभयो भने, कोड एसएमएसको सट्टा तपाईंको फोन नम्बरसँग सम्बन्धित WhatsApp खातामा पठाइनेछ।